राजनीति/ समाज
प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण...
आजदेखि प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक
काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए...
माओवादी केन्द्रको बन्दसत्र आजबाट सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज (सोमबार) बाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल...
लोकतन्त्रलाई बचाउन गठबन्धन सरकार गठन : मन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम...
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो । महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ...
प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न उजुरी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् । प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र...
गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिको विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रीको अध्यक्षतामा बैठक अपराह्न ३ बजे बस्ने जनाइएको छ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल...
माओवादीको राष्ट्रिय सम्मेलनमा केपी ओली सहभागी नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीले आफू झापामा भएकाले महाधिवेशनमा सहभागी हुन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर, ओलीले आफू आउन नसक्ने र...
माओवादीको राष्ट्रिय सम्मेलन : उद्घाटन सत्रमा प्रमुख राजनीतिक दललाई निम्तो
मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले आज (आइतबार) देखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा देशमा प्रमुख राजनीतिक दलहरुलाई बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमालेसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको जानकारी दिए । उनका अनुसार, यसअघि दिउँसो १ बजे सुरु गर्ने...
राष्ट्रियसभा निर्वाचन : १२ राजनीतिक दल दर्ता
काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा ९ राजनीतिक दलले सबै प्रदेशमा र ९ राजनीतिक दलले कुनै...









