एमाले मकवानपुरका जिल्ला अधिवेशन प्रतिनिधि छनोट
मकवानपुर । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनका प्रतिनिधि शुक्रबार छनोट भएका छन् । मकवानपुर जिल्लाका १०२ वटै वडामा जिल्ला अधिवेशन प्रतिनिधि छनोटको भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य नरेन्द्र भण्डारीका अनुसार वडाबाट सौहार्द्ध वातावरणमा प्रतिनिधि चयन भएको छ ।
समावेशी अवधारणामा प्रतिनिधि चयन भएको भण्डारीले बताए । नेकपा एमालेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ। जिल्ला अधिवेशनका लागि वडाबाट ४ सय १६ जना प्रतिनिधि छनोट हुने नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिए । जिल्ला अधिवेशन आयोजक कमिटीका ३ सय ३८ जना स्वतः प्रतिनिधि हुने व्यवस्थाअनुसार जिल्ला अधिवेशनमा करिब ८ सय प्रतिनिधि हुने सचिव श्रेष्ठले बताए ।
