राजनीति/ समाज

माओवादीमा ११ समूहको छलफल सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको छलफल सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफल सकिएको हो । उक्त छललफल सकिएपछि बाँकी समूहको छलफल बिहीबारसम्मका लागि स्थगित गरिएको...

कांग्रेस चितवनको सभापतिका लागि ६ जना चुनावी मैदानमा उत्रने

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रने भएका छन । सभापतिका लागि जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले चुनावी मैदानमा उत्रने भएका हुन् । कांग्रेसको क्षेत्र नं...

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एक जना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय...

बागमती प्रदेश : नीति आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा रहेको बताएका छन् । बुधबार स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको बताएका...

पत्रकार अधिकारी प्रेस युनियनमा

मकवानपुर । पत्रकार गिरिजा अधिकारी नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा अधिकारीलाई कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ र युनियन अध्यक्ष बद्री सिग्दलले स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका...

माओवादीका दुई जिल्ला सदस्यसहित एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका दुई जिल्ला सदस्यसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । आज हेटौंडाको नेकपा एमाले पार्टी कार्यलयमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादीका जिल्ला सदस्य धर्मराज पुडासैनी र परमानन्द मिश्र एमालेमा प्रवेश गरेका हुन् । यसैगरी, पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका...

माओवादी महाधिवेशन : बन्दसत्र बुधबार १ बजेदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले बताए । माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन...

नेकपा समाजवादी र जनवादीबीच पार्टी एकता घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी ) बीच पार्टी एकता घोषणा भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो । साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले...

चिनियाँ उपमन्त्री झाओ र माओवादी नेता पुनबीच भेटवार्ता

मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेन्जेनमा रहेका स्थायी कमिटी सदस्य पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटका क्रममा उपमन्त्री झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन...