राजनीति/ समाज

चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेश गर्ने घोषणा गरेका हुन् । उनले प्रतिनिधिबाट आएका...

माओवादी महाधिवेशनः बन्दसत्रबाट राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र...

पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न...

एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा बृहत विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुरा बारे जानकारी गराएको...

एमाले मकवानपुरको १०२ वडामा आज प्रतिनिधी छनोट हुँदै

मकवानपुर । नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधी छनोट गर्दैछ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी भइरहेको एमालेले...

माओवादी महाधिवेशन : २५ वटै समूहको छलफल सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । उक्त प्रतिवेदनमाथि बुधबार र बिहिबार गरी समूहगत छलफल सकिएको हो । बिहीबार १४ समूहका टोलीको छलफल सकिएसँगै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले...

माओवादी : ‘हेटौंडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । पार्टीको आठौं महाधिवेशन अन्तरगत जारी बन्दसत्रको बिहिबार गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै उक्त प्रश्न उठाएका हुन् । सो क्रममा नेता पौडेलले ‘हेटौंडा महाधिवेशनको...

माओवादी हेटौंडा ८ ले गर्यो एमाले प्रवेश गरेका ४ जनालाई कारवाही

मकवानपुर । नेकपा माओवादी केन्द्र ८ नम्बर वडा कमिटीले एमाले प्रवेश गरेका ४ जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । पार्टीको विधान विपरित कार्य गरेको भन्दै नगर कमिटी सदस्य धर्मराज पुडासैनीसहित ४ जनालाई कार्वाहीको लागि सिफारिस गरेको हो । यस्तै, पार्टीले पूर्व वडा सचिव सुजन कार्की, सदस्यहरु क्रमशः सहदेव...

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको हो । उनले नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा...

माओवादी महाधिवेशनः मस्यौदा प्रतिवेदमाथि बाँकी समूहको छलफल आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने भएका छन् । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको...