राजनीति/ समाज
नेकपा समाजवादी राक्सिराङको भेला पुस १९ गते
मकवानपुर । नेकपा (एकीकत समाजवादी) राक्सिराङ गाउँपालिकाका प्रथम गाउँ भेला पुस १९ गते सोमबार हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा गाउँपालिका स्तरीय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इञ्चार्ज कृष्णबहादुर चेपाङले जानकारी दिए । भेलामा पार्टीको गाउँ कमिटी, युवा संघ...
जेसीजमा नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति
मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयनप्रति पूर्व अध्यक्षहरुले असहमति जनाएका छन् । सात जना पूर्वअध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि...
कांग्रेस केन्द्रीय सदस्यमा पौडेलसहित १० जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, सभापति देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । देउवाले पौडेलसँगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार,...
कांग्रेस मकवानपुरको सचिव पदमा मेरो उम्मेदवारी रहन्छ– सापकोटा
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । अधिवेशनले उत्साह छाएको बेला जिल्ला नेतृत्व, पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । विगतमा भन्दा यस बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । कांग्रेस मकवानपुरले १०२ वटै वडा, १० वटा...
माओवादी महाधिवेशन : मतदाता नामावली सार्वजनिक
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले ८ औं महाधिवेशन अन्तरगत मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले शनिबार मतदातामा नामावली सार्वजनिक गरेको हो । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १ हजार ७४२ जना महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै...
पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवम् पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा...
देशभर साढे ७ लाख नयाँ मतदाता थपिए
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । मतदाता नामावली संकलन अभियानअन्तरगत शुक्रबारसम्म देशभर ७ लाख ४९ हजार नयाँ मतदाताहरु थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला...
माओवादीको बन्दसत्र अपराह्न ५ बजेसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका...
माओवादी महाधिवेशन : सर्वसम्मतिले पार्टीको विधान पारित
काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्दसत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन्...
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित
मकवानपुर । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो । एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले आज...








