राजनीति/ समाज

जम्मु काश्मिरमा १२ जनाको मृत्यु

काठमाडौँ । भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो...

आज राष्ट्रिय टोपी तथा पोशाक दिवस मनाइँदै

काठमाडौँ । आज नवौं राष्ट्रिय टोपी दिवस एवम् राष्ट्रिय पोशाक दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ । यस्तै पुस १७ गते राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ । यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस...

नेकपा माओवादी केन्द्रको विधान पारित हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट शनिबार विधान पारित हुँदैछ । कमलादीको प्रज्ञा भवनमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गको बन्दसत्रमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो । नेता देवप्रसाद गुरुङले आज विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ दिएपछि मस्यौदा पारित गर्ने कार्यसूची रहेको...

वीपी विचार समाज मकवानपुरले मनायो राष्ट्रिय मेलमिलाप दिवस

मकवानपुर । वीपी विचार समाज मकवानपुरले शुक्रबार हेटौंडामा वैचारिक प्रवाह तथा बधाई शुभकामना आदानप्रदान गर्दै ४६ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले महामानव वीपीले लिएको समाजवाद मेलमिलापको सिद्धान्त वर्तमान अवस्थामा पनि अति सान्दर्भीक भएको बताइन् । उनले जनताको लागि कांग्रेसले...

हेटौंडाको पुण्यक्षेत्र : हिडिम्बिका र मतंग ऋषिको सन्दर्भ !

पुराणमा दुई मतंग ऋषि भएको उल्लेख पाइन्छ । प्रथम मतंग ऋषि रामायणका हुन् । उनी शबरीका गुरु हुन् । शबरी त्यही पात्र हुन् जसको आश्रममा राम र लक्ष्मण पुगेका थिए सीतालाई खोज्दै । राम एक दिन मार्ग खोज्दै आउँछन् र बाटो देखाउनू भनेर मतंगले शिष्या शबरीलाई भनेका हुन्छन् ।...

कांग्रेस सह–महामन्त्री डीना हेटौंडामा सम्मानित

मकवानपुर । सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती र ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आयोजित राष्ट्रिय मेलमिलापमा किसुनजीको अन्तरनिहित...

विपीको मेलमिलापको नीति अझै सान्दर्भिक : बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विपीको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका...

कांग्रेस मकवानपुरले मनायो मेलमिलाप दिवस

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रम नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा सहमहान्त्री डीनाले कांग्रेसका संस्थापक नेता वीपी कोईराला लगायतका अन्य नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश...

एमाले मकवानपुरका जिल्ला अधिवेशन प्रतिनिधि छनोट

मकवानपुर । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनका प्रतिनिधि शुक्रबार छनोट भएका छन् । मकवानपुर जिल्लाका १०२ वटै वडामा जिल्ला अधिवेशन प्रतिनिधि छनोटको भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य नरेन्द्र भण्डारीका अनुसार वडाबाट सौहार्द्ध वातावरणमा प्रतिनिधि चयन भएको छ । समावेशी अवधारणामा...

राप्रपाले ४ नेतालाई निष्काशन गर्ने

काठमाडौं । राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार चार नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । बैठकको सिफारिस अनुसार, अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई...