माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट २ जना

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार ०९:५६

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुनेमा दुबै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा १११ जनासहित उनीहरूको नाम घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् । त्यस्तै, नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।