माओवादी महाधिवेशनः बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १५:२७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो ।

बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले जनाएको छ । यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ । माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ ।