राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १५:५६

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन भोलि (सोमबार) बिहान गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

निर्वाचन आयोगको आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद विदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद विदा हुने क्रममा छन् । राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् । कांग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।