राजनीति/ समाज

एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग

मकवानपुर । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले राजनीतिक पूर्वाग्रह राखेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको भन्दै एमालेले उनको राजीनामा माग गरेको हो । उनले केही दिन अघि एक टेलिभिजन कार्यक्रममा मन्त्री खतिवडाले केपी ओली सरकारको नेतृत्वमा रहेको बेला ५...

बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका हुन् । उनको भोलि मुटुको शल्यक्रिया हुने प्रेस संयोजक शिव चौँलागाईले जानकारी दिए । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस...

एमालेले भोलि बस्ने संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै निरन्तर बैठक अवरोध गर्दै आएको एमाले बुधबारको बैठक पनि अवरोध गर्ने भएको एमाले सांसद शेरबहादुर तामाङले बताए । उनले भने, ‘हामीहरूको माग पूरा भएको छैन...

बुधबारको संसद बैठकमा एमसीसी टेबल गराउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार, बैठकमा बोल्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि...

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने विषयमा छलफल

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्वर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेका हुन् । अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले...

बकैया–४ मा एमालेको टोल कमिटी गठन

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ जुरेलीमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । सोमबार जुरेलीमा भएको भेलाले अनिल माझीको संयोजकत्वमा ३३ सदस्यीय टोल कमिटी गठन गरेको एमाले मकवानपुरकी जिल्ला सदस्य तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । कमिटीको उपाध्यक्षमा दिपेश माझी, सचिवमा सविन...

एमसिसी टेबुल गर्न तयार भए सभामुख

काठमाडौँ । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् । सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन । यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि...

बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सरस्वती बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । बाल उज्वल माध्यामिक विद्यालयद्वारा संचालित उक्त बाल विकास केन्द्रका बालबालिकालाई सोमबार एक कार्यक्रमबीच नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले न्यानो कपडा सहयोग गरेको हो । कांग्रेसले बाल विकास केन्द्रमा रहेका...

पूर्वाधार विकास रणनीतिको पुनरावलोकन आवश्यकः राज्यमन्त्री प्रजा

नुवाकोट । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार विकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक विकाससँग समेत जोडिनुपर्ने भएकाले यस सम्बन्धि रणनीतिहरुमा पुनरावलोकन आवश्यक भएको बताएका छन् । पूर्वाधार निर्माणका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमहरुमा एकरुपता नदेखिएकाले पारदर्शी...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न दलको बैठक बस्न लागेको हो ।कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध...