राजनीति/ समाज
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यसैगरी, महामन्त्रीहरू क्रमशः डा.धवलशमशेर राणा,...
गठबन्धन होइन, पार्टीभित्र एकता र सहकार्य गरौंः शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रको आन्तरिक समस्या सुल्झाउँदै लैजान आग्रह गरेका छन् । उनले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन...
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । उनी चैत १८ गते भ्रमणका लागि भारत प्रस्थान गर्ने जनाइएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र...
कांग्रेस केन्द्रीय समितिको बैठक जारी, चुनावी तालमेलबारे छलफल हुँदै
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो करिब १ बजेबाट मात्रै सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने जनाइएको छ । जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले...
स्थानीय तह निर्वाचन : ३६ लाख नयाँ मतदाता थपिए
मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको अन्तिम मतदाता नामावलीको टुंगो लगाए हो । जसअनुसार, करोड ७७ लाख ३३ हजार ७ सय २३ जना...
हेटौंडा–६ मा कांग्रेसको टोल समिति गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा नेपाली कांग्रेसले टोल कमिटी गठन गरेको छ । कांग्रेसले आइतबार रामफुल बलामीको अध्यक्षतामा टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यमलाल अधिकारी, सचिवमा अरुण ढकाल, कोषाध्यक्षमा गोपालप्रसाद चौलागाईं, सहसचिवमा राजेन्द्र कुमार नगरकोटी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा श्यामसुन्दर नगरकोटी,...
कांग्रेस बैठक सोमबार पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार, बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने तय...
हेटौंडा–११ मा मधेसी मुक्तिमोर्चाको वडा कमिटी गठन
मकवानपुर । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा वडा कमिटी गठन गरिएको छ । पार्टीको शनिबार बसेको भेलाबाट ताज महमदको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा भूषण गुप्ता, सचिवमा जितेन्द्र दास, सहसचिवमा मुकेश दास, कोषाध्यक्षमा पुनम शाह चयन भएका छन् । यसैगरी...
सरकारमा सहभागी हुनेबारे निर्णय लिन लोसपाले बैठक बोलायो
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठक चैत्र १६ गते बस्ने गरी बोलाइएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या...
हेटौंडामा युवतीलाई छुरा प्रहार गर्ने यादव अझै फरार…
मकवानपुर । शुक्रबार साँझ हेटौंडामा एक युवतीलाई छुरा प्रहार गर्ने युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । हेटौंडा–२ निवासी २९ बर्षीय सिर्जन यादवले हेटौंडा–७ हरियालीमा बस्ने २४ बर्षीया शनिशा राईलाई छुरा प्रहार गरी फरार गरेका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...








