राजनीति/ समाज
हेटौंडा–२ का ज्येष्ठ नागरिकलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस श्रृष्टी टोल समिति हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ ले ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कांग्रेसको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान अन्तरगत बिहीर एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको समितिकी अध्यक्ष कल्पना रिजालले...
माओवादी केन्द्रबाट वडा सदस्य पदमा उम्मेदवार बनेका कंसाकार कांग्रेसमा प्रवेश
मकवानपुर । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को वडा सदस्य पदमा उम्मेदवार बनेका मधु कंसाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आज उनलाई टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन् । कार्यक्रममा नवप्रवेशी कंसाकारले कांग्रेसको विचार,...
स्थानीय निर्वाचन : उम्मेदवारी दर्ता गराउँदा स्वघोषणा गर्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो...
बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बिहीबार बस्ने गरी बोलाइएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । आगामी बैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा...
पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने मन्त्री खतिवडाको प्रतिबद्धता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री खतिवडाले नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा...
प्रचण्ड आज गृह जिल्ला जाँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । अध्यक्ष प्रचण्ड चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्ने त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । यस्तै, उनले आज नै भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन...
राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनिन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका हुन् । राप्रपा र सुशासनका लागि ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानबीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनित...
कांग्रेस नेता दाहालद्वारा खेल सामग्री हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रास्थित गोर्खा व्वाइज क्लबलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले बुधबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरमा एक कार्यक्रमबीच क्बलका कप्तान सशील देउललाई खेल सामग्री हस्तान्तरण हुन् । नेता दाहालले खेल सामग्री हस्तान्ण गर्दै आगामी दिनमा पनि खेल...
राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपानेपालमा समाहित
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेको छ । राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, उपाध्यक्षद्धय खिल प्रसाद चौलागाई र मन डीसी, सहसचिव रन्जना बर्तौलासहित जिल्ला सदस्यहरु, १० वटै स्थानीय तहका अध्यक्षहरु, जनवर्गिय संगठनका अध्यक्षहरु, क्षेत्रिय अध्यक्षहरुको समितिलगायत नेता तथा...
कुसुमखोला बस्तीमा आगो लगाइएको प्रति वन मन्त्रालयलाई ध्यानाकर्षण
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनीप्रति बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण...










