राजनीति/ समाज

एक लाख म्यादी प्रहरीको लागि ३ लाखले दिए आवेदन

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन झण्डै ३ लाख जनाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले चैत्र ६ गतेदेखि ११ गतेसम्मका लागि दर्खास्त दिन आह्वान गरेकोमा झण्डै ३ लाख जनाले आवेदन दिएका हुन् । म्यादी प्रहरीमा भर्ना हुन...

प्रदेश १: हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । प्रदेश नम्वर १ को आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए । प्रदेश...

सर्लाहीमा बस दुर्घटनाः ४ जनाको मृत्यु, ३ दर्जन घाइते

काठमाडौँ । सर्लाहीको फुलजोर खोलाको पुलबाट यात्रुबाहक बस खसेर दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा...

प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

मकवानपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित होटल मेरियटमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न आफैँ मेरियट होटल पुगेका थिए । प्रचण्डसँग भेट्नुअघि चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग...

जनताको सेवा पाउने अधिकार कुण्ठित गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले अनावश्यक रुपमा सार्वजनिक विदा दिने निर्णय गरेर सर्वसाधारणको सेवा पाउने अधिकार कुण्ठित गरेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ । शनिवार मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा भएको थियो । त्यसैको खुसीयालीमा आज आइतबारको लागि सार्वजनिक विदा दिइएकोमा जनस्तरबाट विरोध भएको हो । गाउँपालिका अध्यक्ष विदुर...

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उपप्रमुख रिजालका अनुसार महाराजगञ्जस्थित रोयल दरबार रेष्टे एण्ड भेन्युमा बस्नेछ । उक्त बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव केन्द्रित...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने भएको हो । सो बैठकमा स्थानीय निर्वाचन केन्द्रित छलफल हुनेछ । गत शुक्रबारदेखि सुरु भएको बैठकमा ‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ...

मकवानपुरको सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो, कहाँ को ?

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकिएको छ । निर्वाचन आयोगले मकवानपुरको १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृतहरु तेकिएको हो । आयोगले निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ, थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार...

मकवानपुरमा म्यादी प्रहरीका लागि साढे ३ हजारभन्दा बढीको आवेदन

मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीमा भर्ना हुन साढे ३ हजारभन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन ३ हजार ७ सय ३७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत आइतबारदेखि शुक्रबारसम्मका लागि आवेदन दिन आव्हान...

तरुण दल हेटौंडा–२ को कार्यलय उद्घाटन

मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ समितिको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पल्पसा रोडमा रहेको कार्यलयको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले रिवन काटेर कार्यलयको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति...