राजनीति/ समाज
चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जारी सूचनामा भनिएको...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हाृ । सो बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुने जनाइएको छ । साथै बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल...
हेटौंडा–७ मा कांग्रेसको टोल समिति गठन अभियान जारी
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा–७ वडा कार्य समितिले टोल टोलमा समिति गठन अभियान जारी राखेको छ । यसै क्रममा बिहीबार दुई वटा टोल समिति गठन गरिएको छ । कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा–७ का प्रतिनिधि अर्जुनप्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले दुई...
राक्सिराङ–८ मा कांग्रेसको संयुक्त टोल भेला
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ स्थित महांकालमा नेपाली कांग्रेसको संयुक्त टोल भेला सम्पन्न भएको छ । भेला नेपाली कांग्रेस राक्सिराङ –८ का सभापति लोकमान पाख्रिनको अध्यक्षता तथा पार्टीका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
पार्टीलाई पहिलो शक्ति बनाउने एमालेको लक्ष्य
काठमाडौं । नेकपा एमाले आगामी बैशाखमा हुने स्थानीय तहको चुनामा पार्टीलाई पहिलाृ शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घरदैलोमा...
स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए...
कोरोना र क्षयरोगको परीक्षण गराउन प्रदेशवासीलाई स्वास्थ्यमन्त्री लामाको अनुरोध
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासंगै...
तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुने प्रचण्डको दावी
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दावी गरेका छन् । आज (बिहीबार) गृह जिल्ला चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै सो कुराको दावी गरेका हुन् । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र...
हेटौंडा–७ न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ । बुधबार भएको भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन भएको हो । समिति उपाध्यक्षमा लोकनाथ खनाल, सचिवमा भरत खत्री, सहसचिवमा स्मृति पौडेल रहेका छन् । भेला नेपाली कांग्रेस...
कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १० जना मनोनित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १०जना मनोनित भएका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार १० जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् । सभापति लामाले विधानको धारा १२ (७) को ड बमोजिमको उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस मकवानपुरले जनाएको छ । सभापति लामाले प्रभातकुमार दाहाल,...










