राजनीति/ समाज
एमालेद्वारा मकवानपुरगढीमा अध्यक्षको नाम सिफारिस
मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ । आइतबार सम्पन्न गाउँ कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बाहालावाल अध्यक्ष विदुर हुमागाईलाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।...
सत्तारुढ गठबन्धन : आज निर्वाचन तयारी समितिको बैठक बस्दै
काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र...
भीमफेदी गाउँपालिका: बहालवाला अध्यक्ष र उपाध्यक्षलाई नै एमालेले उम्मेदवार बनाउने
मकवानपुर । नेकपा एमाले भीमफेदी गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ कमिटी बैठकले बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ मा...
कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार गरिएको छ । कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो । विस्तारित विभागको सह–संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक रहेका छन् ।...
कांग्रेसद्वारा हेटौंडा–१७ को वडाध्यक्षमा सत्यालको नाम सिफारिस
मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को वडाध्यक्षका लागि उद्धव सत्यालको नाम सिफारिस भएको छ । कांग्रेस हेटौंडा–१७ नम्वर इकाई समितिको बैठकबाट वडाध्यक्षका लागि सत्यालको नाम सर्वसम्मत सिफारिस गरिएको हो । हेटौंडा–१७ मा कांग्रेसबाट वडा सदस्यहरुको नाम समेत सिफारिस गरिएको...
‘स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने सम्भाजना रहेको बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेकपा एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने स्थानीय निर्वाचनमा राप्रपा नेपालका...
क्रान्तिकारी माओवादीका तीन नेता निष्कासित
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको भन्दै पार्टीले तीन नेतालाई निष्कासन गरेको महासचिव मोहन बैद्यले जानकारी दिए । उनका अनुसार, पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा भृगु कार्की
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । आज भएको राप्रपा नेपाल मकवानपुरको संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी, बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति...
टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजबाट प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्वर–५ स्थित भोजशिद्ध माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले खोप पूर्ण रुपमा सुरक्षित भएकोले ढुक्क भएर आफ्ना बालबालिकाहरुलाई...
हेटौंडाको मेयर बन्न पूर्वलडाकु ‘प्रलोक’ को कसरत
मकवानपुर । नेकपा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्ष प्रकाश पाण्डे (प्रलोक) ले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकाँक्षा व्यक्त गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने दावी गर्दै प्रलोक आन्तरिक कसरतमा जुटेका छन् । उनले आफू...










