राजनीति/ समाज

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले बैशाख ११...

माओवादी हेटौंडा–११ मा वडा सम्पर्क कार्यालयको उद्घाटन

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ को वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त कार्यालयको उद्घाटन गरेकी हुन् । वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि मोक्तानले माओवादीले जनतासंग गरेको बाचा पूरा गर्दै आएको र...

एमालेले आगामी बैशाख ९ गते स्थानीय निर्वाचनको घोषणापत्र जारी गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्रजारी गर्ने भएको छ । पार्टीका वरिष्ठ उपाधयक्ष ईशवर पोखरेलले आज (मंगलबार) पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै सो बारे जानकारी गराएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए...

नेपाल प्रेस युनियन महाधिवेशनः थप ७ वटा समिति गठन

मकवानपुर । हेटौंडामा आगामी जेठ १३ र १४ गते हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु गठन गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने...

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको चैत्र १७ गतेको सिफारिस र मन्त्रिपरिषदको चैत्र २४ गतेको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएकी हुन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना...

बागमती प्रदेश प्रमुख शर्माद्वारा ४ वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भइ आएको विभिन्न ४ वटा अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुख शर्माले स्थानीय तहको सेवाको गठन तथा संचालन...

एमालेबाट हेटौंडाको मेयरमा ३ जनाको नाम सिफारिस, कसले पाउला टिकट ?

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटी बैठकले हेटौंडाको मेयरमा बहालवाला मेयर हरिबहादुर महतसहित ३ जनालाई सिफारिस गरेको छ । बैठकले मेयर पदमा महतसहित संविधानसभा सदस्य अनन्त पौडेल र नेतृ गणेश कुमारी प्रधानको नाम सिफारिस गरेको हो । एमालेको चैत २७ गते बसेको बैठकमा मेयर पदमा ९ जना नेताहरुले...

माओवादी केन्द्रको वेवसाइट उद्घाटन

काठमाडौं । नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन गरिएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन् । उक्त वेवसाइट आगामी बैशाख १ गतेदेखि नियमित संचालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले जानकारी...

प्रेस युनियनको महाधिवेशनको तयारी तीव्र, ट्रेड युनियन कांग्रेससँग छलफल

मकवानपुर । आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीको सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेको छ । महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र समन्वयको लागि आग्रह गर्दै आयोजक समितिले ट्रेड...

कांग्रेस नेता पराजुलीद्वारा विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग

मकवानपुर । नेपाली कांग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नम्वर ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर सहयोग गरिएको हो । नेता पराजुलीले सोमबार हेटौंडामा एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक सीताराम...