राजनीति/ समाज

स्थानीय निर्वाचन : उम्मेदवारी दिन चाहनेलाई लिखित प्रतिबद्धता पेश गर्न माओवादी बागमतीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन चाहने नेता तथा कार्यकर्तालाई लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ । सो पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले आन्तरिक सर्कुलर जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन चाहने नेता तथा कायकर्ताहरुलाई यही बैशाख ७ गतेभित्र लिखित...

हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट पोखरेल र लामा सिफारिस

मकवानपुर । नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयरमा जिल्ला अध्यक्ष श्रीधर पोखरेल र बहालवाला उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटिको शनिवार राति सम्पन्न बैठकले पोखरेल र लामाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमति भए पनि पार्टीका तर्फबाट वडादेखि...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न आज (शनिबार) दिउँसो २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी...

स्थानीय तह निर्वाचन तोकिएको मितिमा हुन्छ : आयुक्त भण्डारी

मकवानपुर । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा नै हुने बताएका छन् । शनिबार हेटौंडामा भएको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन तोकिएकै समयमा हुने बताएका हुन् । आयुक्त भण्डारीले निर्वाचन सर्छ भनेर जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर...

कांग्रेस बैठक बस्दै, महानगर र उप–महानगरबारे निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । सो बैठकले महानगर र उपमहानगरको उम्मेदवारीबारे निर्णय गर्ने जनाइएको छ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक...

मनहरी २ को वडाध्यक्षमा स्याङतानको दावी

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका २ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान (माधब) ले वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका छन् । स्याङतानले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट मनहरी २ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका हुन् । उनले आफु वडाध्यक्षमा निर्वाचित भए...

वडाध्यक्ष घलानको मेयर बन्ने कसरत

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ का वडाध्यक्ष ललित घलानले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा दावी गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट आफुलाई मेयरको उम्मेदवार बनाइनुपर्ने बताउँदै टिकटको लागि केन्द्रस्तरसम्म लभिङ गरिरहेको घलानले बताए । तु...

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउन निर्देशन दिने निर्णय गरेको हो । पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक...

दुर्घटनामा परेर टेम्पो चालककोे मृत्यु

सुनसरी । सुनसरीमा टेम्पो र बस एकापसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१७ का  ४० वर्षीय खड्क विक प्रहरीले जनाएको छ । शुक्रबार बिहान भेडेटारबाट धरानतर्फ जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पो र को १ ख ४४८० नम्बरको बस एकापसमा...

यस्तो छ मन्त्रिपरिषद बैठकको सात निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको...