राजनीति/ समाज

कमल थापाका भतिजले दिए राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा

मकपवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अभिषेक थापाले पदबाट राजीनामा दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजासमेत रहेका थापाले राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् । उनले बुधबारबाट एक सूचना जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।...

सत्ता गठबन्धद्वारा चैत्र २६ गतेभित्र चुनावी तालमेलबारे निर्णय दिन निर्देशन

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे यही चैत्र २६ गतेभित्र निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको समितिको पहिलो बैठकले सो निर्देशन दिएको हो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न...

देशमा बाह्य शक्तिको चलखेल बढ्दै गयोः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढ्दै गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको बताएका हुन् । बाह्य शक्तिको चलखेलकै कारण अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित...

अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने दावी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको दावी गरेका हुन् । ‘लालपूर्जा वितरण सुरुवात पहिलो...

हेटौंडाका २१९ नेपाली कांग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडाका २ सय १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस हेटौंडा–१८ को आयोजनामा भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय १८ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस हटौंडा–१८ का सभापति राजेन्द्रराज बानियाँको...

दलहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो । आयोगको निर्देशन अनुसार, दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल...

बागमती प्रदेश सरकारद्वारा ३ अध्यादेश स्वीकृतीको लागि सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले ३ वटा अध्यादेश स्वीकृतीका लागि ल्याएको छ भने एउटा अध्यादेश प्रमाणिकरण गरेको छ । सरकारले स्थानीय तहका कर्माचारी व्यवस्थापन तथा कार्यलय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान...

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न निर्देशन दिएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने तत्काल नरोक्न निर्देशन दिएको हो । कांग्रेसको विधान अनुसार वडाध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको...

स्थानीय तह निर्वाचन : ७७ प्रकारका मतपत्र छपाइ हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने जानकारी दिएका हुन् । उनका अनुसार, एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ...