दुर्घटनामा परेर टेम्पो चालककोे मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २, शुक्रबार १५:०६
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा टेम्पो र बस एकापसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१७ का  ४० वर्षीय खड्क विक प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान भेडेटारबाट धरानतर्फ जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पो र को १ ख ४४८० नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । मृतक विक टेम्पो चालक हुन् ।

यस्तै, सोही दुर्घटनामा परेर टेम्पोमा सवार ताप्लेजुङकी १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले बससहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।