राजनीति/ समाज

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौं । निर्वाचन आयोगले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अझै चार वडा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको हो । देशभरका ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम भने सार्वजनिक...

मकवानपुरमा कार्यपालिका सदस्य छान्न निर्वाचन हुँदै, कुन पालिकामा कहिले ?

मकवानपुर । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहले आन्तरिक निर्वाचन प्रक्रियाबाट कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित ८ वटा गाउँपालिकाले कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका हुन् । थाहा नगरपालिकाले भने कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया टुंग्याइसकेको छ । कार्यपालिका निर्वाचनका लागि पालिकाभित्रका निर्वाचित प्रमुख,...

हेटौंडामा १७ जना उम्मेदवारको शुन्य मत (नामावलीसहित)

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरको विभिन्न पदका १७ जना उम्मेदवारले १ मत पनि पाएनन् । मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका संजय खरेल, प्रदिप ढकाल, र नेकपा समाजवादीका रोमनाथ भूर्तेलले मत नपाएका हुन् ।...

पार्टीभित्रको अन्तर्घातले स्थानीय निर्वाचनमा सोचेअनुसारको नतिजा आएन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा सोचेअनुसारको नतिजा नआएको बताएका छन् । पार्टीको बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए । ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ ।...

७४५ पालिकाको मतगणना सम्पन्नः कहाँ कुन दलको नेतृत्व ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत देशैभरका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकामा नेतृत्व गरेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी...

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ दर्जन बढी घाइते

काठमाडौँ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ...

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो । बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई यही जेठ १८ र १९ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको...

काठमाडौं मतगणना : बालेनलाई २० हजारको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायमै राखेका छन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३४ हजार १८० मत र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई...

संसदीय समितिलाई प्रभावकारी बनाउन पहल गर्छु : सभामुख श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउने बताएका छन् । यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मकवानपुरको हेटौंडामा गरेको सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भूमिका विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा सभामुख श्रेष्ठले...

बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

मकवानपुर । बागमती गाउँपालिकाका जनप्रतिनिधिले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । लगत्तै...