यसरी मनाइयो हेटौंडामा गणतन्त्र दिवस (फोटोफिचर)
मकवानपुर । आज देशभर १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । उक्त दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा गणतन्त्र दिवस लेखिएको ब्यानरसहितको बेलुन आकाशमा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्रीहरु, प्रदेशस्तरको सचिवहरु, नेपाल प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाका उच्चस्थ अधिकारीहरु, पत्रकार र सरकारी कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
हेर्नुहोस् फोटोफिचर ।










