पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार ११:१२
file-photo

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको तारा एयरका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार, अवतरण गर्ने समय भएपनि विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । उक्त विमानमा १९ जना यात्रु थिए । विमानबारे खोजविन सुरु भएको छ ।