मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत, अर्थमन्त्री शर्माले संसद बैठकमा पेश गर्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:०१
file-photo

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जनाइएको छ ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।