प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा नेता तथा कार्यकर्तालाई लिङ्देनको निर्देशन

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:१४
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले स्थानीय तहको निर्वाचन सम्पन्न भयो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई नरहेको बताउँदै प्रदेश र संघको निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गरे । अब प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकताबद्ध भएर अघि बढनुपर्ने उनको भनाई छ ।

साथै उनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिए ।