हेटौंडा उपमहानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १५:५०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्यमा इश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित ५ जना एमालेका उम्मेदवार हुन् भने सबैले क्रमश ५०/५० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी नगर कार्यपालिकाको लागि दलित वा अल्पसङ्ख्यकतर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्जुनबहादुर राई, बीरबहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले क्रमश ५०/५० मत प्राप्त गरेका हुन् ।