राजनीति/ समाज

बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान गएन – रमेश पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् । शनिबार जारी प्रदेशसभाकोे १० औँ अधिवेशनको तेस्रोे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि...

बागमती प्रदेशसभा बैठकः प्रि बजेटमाथि छलफल हुँदै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि जारी छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएकोमा आधा घण्टा ढिलो गरी सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यही जेठ १० गते नीति तथा कार्यक्रम...

बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, आजको बैठकमा प्रि बजेटमाथि छलफल हुनेछ । प्रदेशसभाको शुक्रबारबाट सुरु भएको दशौँ अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८०...

बागमती प्रदेशः जेठ १६ गते नीति तथा कार्यक्रम टेबुल हुने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ । बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने गरी सहमति भएको थियो । सोही अनुसार सरकार आवश्यक तयारीमा जुटेको आन्तरिक मामिला...

रेनु दाहाल सवार गाडी दुर्घटना

मकवानपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी दाहाललाई सामान्य...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १०...

प्रि बजेट पेश भएर बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर । आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेश भएर बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठक स्थगित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले अर्को बैठक भोलि विहान...

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश भएको हो । सरकार संचालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री...

इन्द्र बानियाँले भने– स्थानीय निर्वाचनमा एमालेले दोबाटेसँग चुनावी गठबन्धन गर्यो

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जो भेट्यो त्यहिसँग चुनावी तालमेल गरेको...