प्रतिनिधि सभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ०९:५०

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यही जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।