बागमती प्रदेशः जेठ १६ गते नीति तथा कार्यक्रम टेबुल हुने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ । बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने गरी सहमति भएको थियो । सोही अनुसार सरकार आवश्यक तयारीमा जुटेको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।
जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
