राजनीति/ समाज
उपेन्द्र यादवले भनेः हेटौंडामा २५ मिटर सडक विस्तार हुनुपर्छ
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हेटौंडामा २५ मिटर सडक विस्तार आवश्यक रहेको बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए । उनले सडक क्षेत्रमा पर्ने घरधनीको पहिचान गरी राज्यले क्षतिपूर्ति उपलब्ध गराएर सडक विस्तार गर्न...
राष्ट्रपतिले अपराध गर्नुभयोः उपेन्द्र यादव
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोश्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अपराध गरेको बताएका छन् । हेटौंडामा पार्टी पुर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राष्ट्रपतिको कदमले मानव अधिकार खोसिएको भन्दै चिन्ता व्यक्त गरे । संरक्षकबाटै...
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित भएको छ । सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । हेर्नुहोस् सूचि । १. सदस्य – सहमहामन्त्री फरमुल्लाह मंसुर...
‘राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ’
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक रहेको दाबी गरेका हुन् । उनले खेलेका छन्, ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान...
१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । हेर्नुहोस् निर्वाचन अधिकृतको कार्यालयका विवरण ।
अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो । यही असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन...
समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आयोगका अनुसार, आइतबार ४ दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको...
राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ । नेता हिमलाल पुरीका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ । यस्तै, प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।
संविधान जलाउने मकवानपुरका दुईसहित पाँच जना पक्राउ
काठमाडौं । संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश...
संविधानको रक्षा एवम् पूर्ण पालना गर्न प्रतिवद्ध छौँः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संविधानको मर्म...








