राजनीति/ समाज
‘संविधानको मर्म र भावनालाई पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरसः पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा...
माओवादी कार्यदलले हटायो समानुपातिक सूचीका १६ सय नाम
काठमाडौं । समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो । नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले...
निर्वाचन आयोग : समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधि...
एमाले सचिवालय बैठक आज पनि बस्दै
भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बिहान ११ बजे बैठक बस्न लागेको हो...
बागमती प्रदेश सरकारले विभिन्न सरकारी कार्यालयको भवन निर्माण गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले यसै चालु आर्थिक वर्षभित्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा करिब ५५ बिगाह सरकारी जग्गामा विभिन्न कार्यालय भवन निर्माण गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिबार बागमती प्रदेशसभाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उक्त स्थानमा मुख्यमन्त्रीलगायत विभिन्न सरकारी कार्यालयको भवन निर्माण...
‘प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु इमान्दारितापूर्वक लाग्नुपर्ने’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको माध्यमबाट प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु नै इमान्दारितापूर्वक लाग्नुपर्ने बताए । शनिबार प्रदेशसभाद्वारा हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले सो कुरा बताएका हुन् । उनले कुनै दलगत समूह वा नागरिकले प्रदेशको आलोचना गर्दैमा आत्माग्लान गर्नु...
‘विकासका अधुरा सपना पुरा गर्छु’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको विकासको अधुरो सपना पूरा गर्न आफू चुनाबी मैदानमा होमिएको बताएका छन् । अध्यक्ष थापाले शनिबार पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बाृध गर्दै सो कुरा बताएका हुन् । उनले एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति...
महाभियोग सिफारिस समितिको बैठक सुरु
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ । आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा...
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए । उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण...
निर्वाचन आयोग : अन्तिम मतदाता नामावली सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली सार्वनिक गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९...








