राजनीति/ समाज

सत्ता गठबन्धनले आजबाट प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आजबाट प्रदेश सभाको सिट बाँडफाँटको लागि छलफल थाल्ने भएको छ । प्रतिनिधि सभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने...

दशैंमा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन

काठमाडौं । चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे,...

एमालेसँग चुनावी तालमेलबारे छलफल गर्न लोसपाको समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति गठक गरेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र...

निर्वाचन आयोग : चुनाव घोषणापछिका रकमान्तरको विवरण माग

काठमाडौं । निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरण माग गरेको छ । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै आयोगले विवरण बुझायन माग गरेको हो । आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता...

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी तत्काल सरुवा नगर्न निर्देशन...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटबारे आज सुनुवाइ हुने

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानून व्यवसायीहरुको पाँच वटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको...

राष्ट्रपतिको कार्यालयविरुद्ध रिट दर्ता

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा ५ वटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको...

बागमती प्रदेशः विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गरिने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा छनौटका लागि सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा भौतिक पूर्वाधार विकास...

जनता समाजवादी मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले घलानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षहरुमा योग बहादुर ब्लोन, दीपक सिन्तान, देवराज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा...

१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ...