हाम्रो नेपाली पार्टीका ठकुरीले दिए उम्मेदवारी
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दिएका छन् ।
उनको प्रस्तावकमा रामशरण कार्की तथा समर्थकमा माधवप्रसाद शर्मा रहेका छन् ।
सोही दलबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘क’ मा किशोर रानाले उम्मेद्वारी दर्ता गर्दा प्रदेश ‘ख’ मा किशोर अर्यालले उम्मेद्वारी दर्ता गरेका छन् । तीनै जना उम्मेद्वारहरु राष्ट्रिय झण्डा बोकेर उम्मेद्वारी दर्ता गर्न हेटौँडा– २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
