प्रचण्डले गराए गोरखा २ बाट उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्वर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन प्रचण्ड भट्टराई र श्रेष्ठसँगै गोरखा पुगेका थिए । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् ।
डा. भट्टराईले प्रत्येक्ष निर्वाचन नलड्ने घोषणा गरेसँगै प्रचण्ड गोरखाबाट चुनाव लड्न लागेका हुन् ।
