रेखा थापाले मोरङ–३ बाट गराइन् मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १५:१२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ ले मनोनयन दर्ता गराएकी छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मोरङ ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी हुन् ।

थापाले आईतवार बिहान ११ः २७ बजे मनोनयन दर्ता गराएकी थिइन् । उनीसँगै प्रदेश सभा सदस्य ३ (क) मा तीर्थ गुरुङ र ३ (ख) मा रमेश रिजालले सामूहिक रुपमा मनोनयन दर्ता गराए ।

मनोनय दर्ता गराएपश्चात थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताइन् । मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै उनले मात्र निर्वाचनको प्रतिक्षमा आफू रहेको बताइन् ।