राजनीति/ समाज
महाभियोग सिफारिस समिति बैठक बस्दै
काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण...
निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलायो
काठमाडौं । निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलाएको छ । राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बुधबार दिउँसो १२ बजे आयोगको कार्यालयमा...
कांग्रेसले मकवानपुरको ४ वटा क्षेत्र पाउनुपर्छ : सहमहामन्त्री डीना
मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डीना’ ले आसन्न निर्वाचनमा संघको एकसहित प्रदेशको ३ वटा गरी मकवानपुरको ४ वटा क्षेत्रमा कांग्रेसले पाउनुपर्ने बताएकी छिन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको ६ वटा निर्वाचन क्षेत्रमध्ये...
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । भोलि बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक,...
राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्...
बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने तयारी गरिएको जानकारी गराएका हुन् । सम्मेलनमा मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गको हेटौंडा बजार क्षेत्रमा...
दुई देशका लागि नेपाली राजदूतले लिए शपथ
काठमाडौं। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सोमबार शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको...
बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल जारी
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको...
समानुपातिकतर्फको निर्वाचन कार्यातालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको...








