राजनीति/ समाज
जनमतलाई दिइने थप मन्त्रालयको बारेमा सोमबार टुङ्गो लाग्ने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्रै टुङ्गो लगाउने भएको छ । भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो । तर अब त्यो भाका सोमबारलाई सरेको छ । जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल...
एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको हो । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी लागिराखेको प्रहरी...
बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।...
हेटौंडामा चक्कु प्रहारबाट एक जना घाइते, दुई पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ चुच्चेखोला शनिबार दिउँसो चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–४ कमलडाडा डेरा गरी बस्ने कवाडीको काम गर्ने अन्दाजी १८ वर्षीय जोधा कुमार सहनी रहेका छन् । सहनीलाई चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
प्रतिनिधिसभाको उपसभामुख पदमा इन्दिरा राना निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट राना उपसभामुख पदमा निर्वाचित भएकी हुन् । बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले उपसभामुख पदमा निर्वाचित भएको सभामुखमा देवराज घिमिरेले...
माओवादी र समाजवादीबीच ३ बुँदे सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो । आजको बसेको बैठकले ३ वटा महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा...
उपसभामुख पदको निर्वाचन आज हुँदै
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले...
लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको छ : मुख्यमन्त्री जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशमा हालसम्म १ हजार ४२० जना कर्मचारी नियुक्त गरेपछी काममा...
प्रदेश प्रमुखद्वारा सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह गरेका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै सो कुराको आग्रह गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश लोक सेवा आयोगको स्थापनाको अवस्थामा कर्मचारी...
विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा बस्दै
कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म जारी रहने जनाएको छ । विप्लव नेतृत्वको नेकपाको ४ दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा...










