राजनीति/ समाज
माओवादी स्थायी समिति बैठक भोलि पनि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पनि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने भएको हो । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । भोलि एजेण्डाअनुसार नेताहरुले आ–आफ्नो धारणा राख्ने पौडेलले बताए ।
नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ : मन्त्री लिङ्देन
बुटवल । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने बताएका छन् । रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन् । उनले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका हुन्...
माओवादी स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही घण्टाका लागि सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मको लागि सरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका...
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक आगामी माघ २१ र २२ गते बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकरी दिए । उनका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न...
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास...
राप्रपा नेपालको महाधिवेशन फागुनमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समितिको काठमाडौंमा बैठक उक्त निर्णय गरेको हो । बैठकले आगामी फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने...
प्रधानमन्त्री प्रचण्डले राप्रपाका मन्त्रीलाई प्रस्टीकरण सोध्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीयता विरोधी अभिव्यक्ति दिने कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् । कांग्रेस संसदीय दलकी प्रमुख सचेतक...
बागमतीमा अब ११ मन्त्रालय कायम हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा अब ११ वटा मन्त्रालय कायम रहने बताएका छन् । मंगलबार प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलको सुझावसहितको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा अब ११ वटा मात्रै मन्त्रालय कायम रहने बताएका हुन् । गत पुस २६ गते मुख्यमन्त्री जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएसँगै मन्त्रालय...
बागमती प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलद्वारा प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयले घटाउन गठित कार्यदलले मंगलबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष प्रतिवेशन पेश गरेको छ । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन पेश गरेको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको...
संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै,...










