राजनीति/ समाज

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । गृह स्रोतका अनुसार, लामिछाने नागकिताको प्रमाणपत्रका लागि आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय जाने...

रवि लामिछानेका समर्थकद्वारा सर्वोच्च अदालत अगाडि प्रदर्शन

काठमाडौं । रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका लामिछानेका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले शुक्रबार नागरिकता सम्बन्धी मुद्दामा रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । सर्वोच्चको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन्...

सर्वोच्चद्वारा लामिछानेको विपक्षमा फैसला, सांसद पद गयो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसला सुनाइएको...

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक नेताले बताए । बिहीबार संचालन भएको माओवादी स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा...

विवेकशीलको महाधिवेशन आयोजक सचिवालय समिति गठन

काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । पार्टीले अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको हो । सदस्यहरुमा क्रमशः केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्...

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा मृतयु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रायले मन्त्रालयका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन हो । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई आज नियुक्त गरेका हुन्...

एमाले मकवानपुरद्वारा नवनियुक्त मन्त्रीहरुलाई स्वागत तथा सम्मान

मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बिहीबार एक कार्यक्रमबीच एमालेबाट मन्त्री बनेका तीन जनालाई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ...

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । आम निर्वाचनको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा...