राजनीति/ समाज
राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार, अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम...
कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षबारे भोलि टुंगो लगाउने
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी...
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिने
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ ।...
कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष...
‘जनताप्रति जवाफदेही बनाउनेतर्फ प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशको सबै जिल्लामा सन्तुलित विकास र जनताप्रति जवाफदेही बनाउने कार्यलाई आत्मासमिक्षा गरेर प्रदेश सरकारको भूमिक अझै प्रभावकारी हुनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभाको पाँचौं वार्षिकोत्सव समारोहको आज हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले प्रदेश...
बागमती प्रदेशसभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । अपराह्न १२ बजे बस्ने बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको...
मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुविधा रहने गरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । यसअघि मुख्यमन्त्रीले...
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । उक्त बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि...
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको हो । चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा...









