राजनीति/ समाज

सहमति जुट्न नसकेपछि बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक  माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो । आज दिउँसो...

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । नागरिकता, विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा,...

राष्ट्रपतिले संसदको दुबै बैठकलाई विशेष सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन अर्काे फागुनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना...

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध, औपचारिक घोषणा आज

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज हुँदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको ४ वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो...

बागमती प्रदेशसभाको अर्को बैठक भोलि बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न १२ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी गराएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले बागमती प्रदेश प्रमुखको कार्यालयबाट...

प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार, यही माघ २६ गते अपराह्न १ बजे प्रदेशसभा बैठकमा प्रदेश सदस्यहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख भुवनकुमार पाठकले आज बसेको  बैठकमा जानकारी दिए । साथै सभामुख पाठकले उक्त...

एमालेले केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । एमालेको केन्द्रीय समितिको बैठक आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्ने गरी आह्वान गरिएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको हो ।...

उर्मिला अर्यालद्वारा राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उम्मेदवारी  दर्ता गरेकी छन् । उनले आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् । राष्ट्रियसभा उपाध्यक्षको लागि सोमबार निर्वाचन हुँदैछ । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक छन् । सोमबार हुने निर्वाचनका लागि...

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो...