राजनीति/ समाज
सभामुखको निर्वाचन आज हुँदै
काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख निर्वाचनका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष...
न्यौपानेको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सभामुख पदमा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ । सभामुख पदका लागि कांग्रेसका तर्फबाट न्यौपाने र सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार विज्ञप्ति...
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ ग्रहण गरेका छन् । सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांणले शपथ ग्रहण गरेका हुन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् ।...
कांग्रेसद्वारा सरकारबाहिरका दलहरुसँग सभामुख निर्वाचनबारे छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ । बुधबार कांग्रेसले छलफलका गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ । कांग्रेसले...
सभामुख चयनको बारेमा निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । सभामुख चयनको बारेमा निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि...
सभामुखमा उम्मेदवारी दर्ता आज हुँदै
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार, आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको निर्वाचन गर्ते तयारी गरिएको सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार...
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको...
मकवानपुरका सिंह उर्जा राज्यमन्त्रीमा नियुक्त
मकवानपुर । संघीय सरकारको उर्जा, जलस्रोत तथा सिचाईँ राज्यमन्त्रीमा मकवानपुरका दिपकबहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा सिंहलाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त उर्जा राज्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ...
मन्त्रिपरिषद विस्तार, मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ (नामावलीसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार नयुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी हुन् । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले लिए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेशसभाका १०९ सदस्य उपस्थित थिए । प्रदेशसभाका सभामुख भुवनकुमार...








