राजनीति/ समाज
मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक आह्वान गरिएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेका छन् । स्रोतका अनुसार सरकारमा सहभागी हुने...
बागमती प्रदेशसभाको उपसभामुख निर्वाचन आज हुँदै
मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन आज हुँदैछ । आज अराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुख निर्वाचन हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा तीनै जना महिला रहेका छन् ।...
पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले सदस्यीय दुर्घटना आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा...
‘नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्याएको छ’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन् । राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सु–संस्कृत र समतामूलक समाजको निर्माण गर्न...
प्रधानमन्त्री प्रचण्ड अब छिट्टै भारत भ्रमणमा जाने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटै भारत भ्रमणमा जाने भएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले सो कुराको जानकारी गराएका हुन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए...
गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित
पोखरा । गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भएका हुन् । बैठकमा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा संचालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि...
आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ ३ गते बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए । आगामी माघ ५ गते...
मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभामुद पदको लागि नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख...
सुदूरपश्चिमका सभामुखमा आज साँझ पुनः मतदान हुने
धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख पदमा आज साँझ पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । सभामुखका लागि...
प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता...









