राजनीति/ समाज

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा बस्दै

कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म जारी रहने जनाएको छ । विप्लव नेतृत्वको नेकपाको ४ दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा...

उपसभामुखमा कांग्रेसबाट यादवको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् । शुक्रबार संघीय संसद भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।...

थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग समय

काठमाडौं । सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् । सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।...

कर्णालीका मुख्यमन्त्रीले लिए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत लिएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा माओवादी केन्द्रको १३, नेकपा एमालेको...

उपसभामुख पदमा रास्वपाकी इन्दिरा राना मगरद्वारा मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले उपसभामुख पदका लागि मनोनयन दर्ता गरेकी छन् । राना मगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा मनोनयन दर्ता गरेकी हुन् । राना मगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थनमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद...

मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुराको प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ।...

उपसभामुखबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने...

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । यस्तै, माघ ७ शनिबार १...

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद...

प्रतिनिधिसभाको सभामुखमा घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट घिमिरे सभामुख पदमा निर्वाचित भएका हुन् । बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले...