राजनीति/ समाज
स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग हुने
काठमाडौं । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले जानकारी दिए । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्वार...
उपराष्ट्रपति चयनको लागि मतदान सकियो, केहीबेरमा मतगणना
काठमाडौं । उपराष्ट्रपति चयनको लागि मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेबाट सुरु भएको मतदान कार्य सकिएको हो । अब केहीबेर पछि मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन...
उपराष्ट्रपति पदका लागि मतदान जारी
काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान जारी छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा केहीबेर अघिबाट मतदान सुरु भएको हो । मतदान कार्य दिउँसो ३ बजेसम्म संचालन हुनेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान...
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई पुरस्कारको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले जनही तीन लाख रुपैयाँ पुरस्कार राशीको घोषणा गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले क्रिकेट प्रतियोगितामा खेलाडीहरुले मात्र नभई देशले...
बागमती प्रदेशका मुख्यमन्त्रीले चैत्र ८ गते विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत्र ८ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले...
उपराष्ट्रपति निर्वाचनको परिणाम आजै आउने
काठमाडौं । आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ६ बजेभित्र मतपरिणाम सार्वजनिक...
रास्वपाको बैठक स्थगित
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनका लागि बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक निर्वाचन आचारसंहिता लगायतका कारण स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी...
आज देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो । आज कतिपय स्थानमा दिनभरी नै मौसममा बदली हुनुका साथै तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाका...
स्ववियु निर्वाचनको मौन अवधि सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी मौन अवधि सुरु भएको हो । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि...
राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ । यसअघि फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले...








