राजनीति/ समाज

स्ववियु निर्वाचन : आज रातिदेखि प्रचारप्रसारमा रोक

काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि लागू हुने गरी रोक लगाइएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार, उम्मेदवारहरुले आज चैत्र २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु...

हेटौंडा दुर्घटना अपडेट : मृतकको सनाखत

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकी महिलाको मृत्यु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ती गाडीले ठक्कर दिँदा मृत्यु भएकी महिलाको सनाखत भएको...

विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो । तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर...

जसपाद्वारा कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेताहरुले बताएका छन् । बैठकमा पार्टीको तर्फबाट समानुपातिक सांसदबारे छलफल हुनेछ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ...

प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चैत्र ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र...

नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता हुँदै

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए । आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार...

प्रदेश युवा परिषद् हेटौंडाले माग्यो १२४ जना कर्मचारी

मकवानपुर । बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौंडाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार एकैपटक १२४जना कर्मचारी माग गरेको हो । कार्यालयले बुधबार अन्नपुर्ण पोष्ट दैनिकमा एक सूचना प्रकाशित गर्दै कम्तीमा २ वर्ष...

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगकोल गएराति १२ बजेदेखि लागू हुने गरी प्रचारप्रसारमा रोक लगाइएको हो । आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा...

उपराष्ट्रपतिमा यादवलाई मत नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने निर्णय गरेको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता अनुसार, यादवलाई मत आफ्नो...

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ८ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित छलफल हुने उनले बताए । आगामी चैत्र ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी...