राजनीति/ समाज
उपराष्ट्रपति पदमा यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह...
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेको माओवादीका एक प्रभावशाली मन्त्रीले बताए । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा,...
राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को ९१० बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई...
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ
काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता पदमा चयन गरेका हुन् । यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका...
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेलले शितलनिवासमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।...
यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको तीन निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बैठकले मकवानपुरको तत्कालिन हटिया गाबिस वडा नम्वर २...
आठ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ । देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भएपनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।...
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी फिर्ता लिने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार, गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा तोकिएको हो । कार्यतालिका अनुसार, आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम...
राष्ट्रिय सभाको बैठक सर्यो
काठमाडौं । सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक केहीदिन पर सरेको छ । बैठक ९ दिन पर सरेको संसद सचिवालयले जनाएको छ । संघीयस संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले एक विज्ञप्ती जारी गर्दै फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत्र ८ गतेका लागि सरेको जानकारी गराएका...
उपराष्ट्रपति निर्वाचन : चारै जनाको उम्मेदवारी कायमै
काठमाडौं । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका चारै जनाको उम्मेदवारी कायमै रहेको छ । आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सो बारे जानकारी गराएका हुन् । जसमा शनिबार उम्मेदवारी दिएका चारै जनाको नाम समावेश भएको छ...










