राजनीति/ समाज

उपराष्ट्रपतिमा अष्टलक्ष्मीले जित्ने सम्भावना छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए । अध्यक्ष ओलीले नेकपा एमाले...

उपराष्ट्रपति निर्वाचन : आज रातिबाट प्रचारप्रसारमा रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत्र ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेबाट लागू हुने गरी प्रचारप्रसारमा रोक लगाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा रोक लगाइएको हो । निर्वाचनका...

ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको मान्यता दिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गर्दै संसद सचिवालयलाई पत्र लेखेकका छन् । उनले संसद सचिवालयलाई पत्र पठाएर समर्थन...

त्रिविद्वारा समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार, समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । ५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै...

मकवानपुरका नीजि बैंकहरु बन्द

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अनुरोधमा आज जिल्लाका नीजि बैंकहरुले सेवा बन्द गरेका छन् । चर्को व्याजदरको विरोध गर्दै मउवा संघले नीजि बैंकहरुलाई पत्राचार गरेपछि जिल्लास्थित नीजि बैंकहरुले आज एक दिनको लागि आफ्नो सेवा प्रवाह बन्द गरेका हुन् । बैंक बन्द भएपछि सेवाका लागि आएका सर्वसाधारण नागरिकहरु...

माओवादी धारले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै

काठमाडौँ । आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् । गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग...

जनमोर्चा पार्टीले संघीयताविरुद्ध देशव्यापी अभियान संचालन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध आगामी चैत्र१० गतेदेखि देशव्यापी अभियान संचालन गर्ने भएको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत्र १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष...

राष्ट्रपति र उपराष्ट्रपतिले के–के पाउँछन् सेवा सुविधा ?

काठमाडौं । बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन् । ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ । उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको...

आज सार्वजनिक विदा

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा रहेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो । पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन...

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास...