राजनीति/ समाज
एमाले प्रमुख सचेतकमा पदम गिरी
काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए...
राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन् । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले जानकारी...
स्ववियु निर्वाचनअन्तर्गत आज दाबी विरोध
काठमाडौं । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी, उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली...
राष्ट्रपति भण्डारीको कार्यकाल सकियो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । भण्डारी...
स्ववियु निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी दर्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी भएको छ । शनिबार उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक...
उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म भएको मनोनयन दर्ता कार्यक्रमअन्तरगत ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी...
मेरो नेतृत्व नै आधिकारिक हो, भ्रममा नपरौँः सापकोटा
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको मुखमा नेवि संघ मकवानपुरमा भने विवाद देखा परेको छ । विद्यार्थीको भेलाबाट पार्टी मकवानपुरको रोहबरमा चुनिएको सुवास सापकोटा नेतृत्वको कार्यसमितिको अस्तित्व नरहेको भन्दै केन्द्रीय सभापति दुजाङ शेर्पाले भीषण ठकुरीलाई मकवानपुर सभापति नियुक्त गरेपछि सुरु भएको विवाद अहिले चुलिएको हो...
स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता...
आज उपराष्ट्रपतिको मनोनयन दर्ता
काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली भने आइतबार सार्वजनिक हुनेछ । उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक...
एमालेले बोलायो सचिवालय बैठक, उपराष्ट्रपतिबारे निर्णय गर्ने
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि...








