राजनीति/ समाज

हेटौंडाको वंशगोपाल क्याम्पसको स्ववियु अध्यक्षमा सिलवाल

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, सिलवाल आफ्ना प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आर्इतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश...

प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभामा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले सो विधेयक पेस गरेकी हुन् । यस्तै, प्रतिनिधि सभा...

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन, बागमतीका १९

काठमाडौं । देशभर संचालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसमध्ये कोशी प्रदेशका २१ क्याम्पस, बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो । त्रिवि स्रोतका अनुसार...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार, बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको हो । यसअघि लोसपा...

स्ववियु निर्वाचन : देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार, देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो । निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १ हजार ५३२ जना प्रहरी परिचालन...

मकवानपुरको ७ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

मकवानपुर । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ वटा क्याम्पसमा हाल मतदान जारी छ । जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी सङ्गठनबीच सहमतिमा स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा...

यी १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरीका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरीका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स...

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय दलको...

स्ववियु निर्वाचन : देशभर आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको...