राजनीति/ समाज

राष्ट्रपति पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्ववियु निर्वाचन : देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) दोस्रो स्थानमा छ । नेविसंघले हालसम्म ७९ कलेजमा जित...

तनहुँ-१ र बारा-२ मा पनि बैैशाख १० गते नै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो । उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको...

जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृती

काठमाडौंं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत्र ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो...

सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत्र ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले...

स्ववियु निर्वाचन : मकवानपुरको कुन क्याम्पसमा कस्को नेतृत्व ?

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको सबै क्याम्पसमा मत गणना सम्पन्न भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ८ वटामध्ये निर्वाचन भएको ७ वटै क्याम्पसमा मत गणना सम्पन्न भएको हो । मत गणनाको अन्तिम परिणाम अनुसार, जिल्लाको ५ वटा क्याम्पसमा अनेरास्ववियू प्यानलका उम्मेदवार र...

कांग्रेस बागमतीद्वारा राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आईतबार बधाई तथा शुभकामना दिएका छन् । iकांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राष्ट्रपति भवन शीतल निवासमा पुगेर नवनिर्वाचित राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिएका हुन् । नेता बानियाँले प्रजातन्त्र प्राप्तिको लागि निरन्तर संघर्ष र...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा...

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा लामा

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पुसको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रमन्तिकारी) का छोइसाङ लामा (तामाङ) निर्वाचित भएका छन् । लामाले अनेरास्ववियूका उम्मेदवार नवराज शर्मा (पौडेल) लाई पराजित...

स्ववियु निर्वाचन अपडेट : जनप्रियमा गोले र मनहरीमा घिसिङ् निर्वाचित

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मत गणना सम्पन्न भएको छ । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, जनप्रिय क्याम्पसको स्ववियु अध्यक्षमा मुना गोले र मनहरी क्याम्पसको स्वियु अध्यक्षमा कुमार घिसिङ् निर्वाचित भएका छन् । निर्वाचित...